महोत्तरीको एकडारामा PCESP कार्यक्रम अन्तरगत वाडा स्तरीय बाल मैत्री स्थानिय शासन समिति गठन भएकोछ ।

२०८१ माघ २९, मंगलवार २१:३५

महोत्तरी २०८१/ माघ २९  -महोत्तरी जिल्लाको एकडारा गाउपालिका २ को वाडा कार्यालयमा World vision international Nepal र दलित समाज उत्थान समिति (DSWCN) नेपालको साझेदारीमा PCESP कार्यक्रम अन्तरगत १५ (पन्ध्र) सदस्यीय वाडा स्तरीय बाल मैत्री स्थानिय शासन समितिको गठन सम्पन्न भएको छ । कार्यक्रममा बाल मैत्री शासन भनेको के हो, उदेश्य, लक्ष्य, आवश्यकता, सिद्धान्त, रणनीति, अवलम्बन, शासनका सुचकहरु,बाल संरक्षण, बिकास तथा सहभागिता सम्बन्धि एकाउन्न (५१)ओटा सुचकहरु, बाल मैत्री स्थानिय शासनको कार्यान्वयन प्रक्रिया तथा चरणहरु, संचालनको संस्थागत प्रबन्धहरु लगायत अन्य विभिन्न बिषयमा बैठक बसि छलफल भएकोछ।

प्रशिक्षण दिदै कार्यक्रम संयोजक उतिम चौधरिले (५१) एकाउन्न ओटा सुचकहरुको बारेमा प्रष्ट पार्दै
बालमैत्री स्थानीय शासनको सुनिश्चितताबाट बाल अधिकार प्राप्त भइ बालबालिकाका लागि आवश्यक सेवाको उपलब्धता र गुणस्तरमा उल्लेखनीय सुधार गरी सेवाको सुनिश्चतता प्रदान गर्नु नै बालमैत्री स्थानीय शासनको लक्ष्य हो बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले नेपाललाई विक्रम सम्बत २०८७ सम्म बालमैत्री बनाउने लक्ष्य लिएको छ। कार्यक्रम वाडा नम्बर २ का वाडाध्यक्ष सखिचन्द्र यादवको अध्यक्षतामा भएको थियो भने वाडा सदस्यहरु, स्वास्थकर्मिहरु, शिक्षकशिक्षिका अभिभावकहरु तथा संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?