अमेरिकी बमबारीबाट इरानको खार्ग टापुस्थित सैन्य लक्ष्य ध्वस्त भएको ट्रम्पको दाबी

२०८२ फाल्गुन ३०, शनिबार १८:३०

फालगुण ,३०:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा रहेका सैन्य लक्ष्यहरू अमेरिकी बमबारीबाट पूर्ण रूपमा नष्ट भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत आफ्नो निर्देशनमा अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै शक्तिशाली बमबारी सञ्चालन गरेको उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार उक्त कारबाहीमा इरानको ‘क्राउन ज्वेल’ मानिने खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू ध्वस्त पारिएको छ। यद्यपि, टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय आफूले गरेको उनले बताएका छन्।

तर, यदि इरान वा अन्य कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित आवागमनमा अवरोध पुर्‍याउने प्रयास गरे उक्त निर्णय तत्काल पुनर्विचार गरिने चेतावनी ट्रम्पले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?