मिथिला–८ मा विद्यालयको ६३ कठ्ठा जग्गाबारे छानबिनको माग

२०८३ आश्विन २४, शनिबार १५:१८

धनुषा । मिथिला नगरपालिका–८, कुसुमबिछौनास्थित श्री आधारभूत विद्यालयको जोतभोगमा रहेको भनिएको करिब ६३ कठ्ठा जग्गाको स्वामित्व तथा अभिलेखबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ।

उक्त जग्गासम्बन्धी अभिलेख र नामसारी प्रक्रियाको वास्तविकता निष्पक्ष रूपमा छानबिन गरी विद्यालयको सम्पत्ति संरक्षण गर्न सरोकारवाला निकायसँग स्थानीयले माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?