सप्तरी :राजविराज नगरपालिका–११ स्थित चन्द्र नहर सडक खण्डबाट प्रहरीले अवैध काठ (गोलिया) सहित एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ।
अवैध रूपमा काठ ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स १ त २३१८ नम्बरको ट्याक्टर र त्यसमा लोड गरिएको काठ नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका काठ र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, सप्तरीलाई बुझाइएको छ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार नियन्त्रणमा लिइएको काठ र ट्याक्टरमाथि थप अनुसन्धानका साथै कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
चाडपर्वको मौका छोपेर काठ तस्करी बढेको भन्दै नियन्त्रणका लागि डिभिजन वन कार्यालय सप्तरीले विभिन्न संवेदनशील स्थानहरूमा गस्ती टोली परिचालन गरेको छ।







