कसैले बिस्वास नै नगरेको काम गरेर देखाए नगर प्रमुख प्रकाश भण्डारीले

२०७९ माघ ८, आईतवार ०६:१२

सल्यानको शारदा नगरपालिकाले श्रीनगरमा आधुनिक बसपार्क बनाउन ऐलानी जग्गामा बनेका ८३ बढी सानाठुला घरटहराहरु भत्काएको छ । बसपार्क क्षेत्रभित्र बनेका ६ वटा ठुला बिल्डीङ, १४ वटा मध्यम घर र अन्य टहरा गरि ८३ बढी घरटहरा नगरपालिकाले डोजर चलाएर भत्काएको हो ।

श्रीनगरमा आधुनिक बसपार्क बनाउने भन्दै वर्षाैं पहिले डिपिआर गरिएको थियो । तर बसपार्क क्षेत्र भित्रको ऐलानी जग्गामा बनेका घर टहराहरुले गर्दा निर्माण कार्य पटक पटक रोकिदै आएको थियो ।

बिनाअवरोध घरटहरा भत्काउन कसरी सम्भव भयो

गत मंसिर २६ गते शारदा नगरपालिकाले सुचना जारी गर्दै ऐलानी जग्गामा बनेका घरटहरा हटाउन ३५ दिने अल्टीमेटम दिएको थियो । तर उक्त अल्टीमेटमभित्र कसैले घर टहरा नहटाएपछि नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सहित अन्य जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सहितको टोली श्रीनगर पुगेको थियो । पछि घरधनीले आफ्नो सामान व्यवस्थापनका लागि नगरपालिका सँग ३ दिनको समय मागेपछि पौष ४ गते बसपार्क क्षेत्रभित्र पर्ने ऐलानी जग्गामा बनेका सबै घरटहरा भत्काइएको छ ।

मेयर प्रकाश भण्डारीले निर्वाचन अघि नै आफुले श्रीनगरमा बसपार्क बनाउने परिकल्पना गरेको र निर्वाचन भएपछि घर टहरा हटाउने कार्यमा लाग्ने सोच बनाएका थिए । “घर टहरा भत्काउन सकिलो थिएन् ।”, उनि भन्छन् “धेरैलाई पटकपटक कन्भिस गरेर सफल भइयो ।” घर टहरा भएकाहरुका आफन्तहरुलाई भेटेर पनि सम्झाएको उनि बताउँछन् ।

“अल्टीमेटम दिएको अन्तिम दिनसम्म पनि कसैले घर भत्काउनु भएन् । अल्टीमेटम सकिएको भोलीपल्ट हामी डोजर लिएर जाँदा खासै बिरोध भएको देखिएन् । सबैले साथ दिनुभयो । बिनाअबरोध काम गर्न सफल भइयो” उनले भने । अहिले घर भत्काइएकाहरुलाई भोली बसपार्क बनेपछि पहिलो प्राथामिकतामा राखेर व्यवस्थापन गरिने उनले बताए ।

वास्तविक सुकुम्बासीको कसरी हुन्छ व्यवस्थापन

मेयर भण्डारीले वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गरिएको बताए । अनेन्त्र कतै केहिपनि सम्पती नभएका वास्तविक सुकुम्बासी ४ जना भएको र उनिहरुलाई तत्काल बस्नको लागि नगरपालिकाले भाडा तिरेर कोठा लिएको उनले बताए ।

दिर्घकालिन रुपमा उनिहरुलाई नगरको अन्य ठाउँमा उपयुक्त जग्गा खोजेर व्यवस्थापन गरिने उनको भनाइ छ । त्यस्तै अन्य आर्थिक अवस्था कमजोर भएकालाई पनि तत्कालको लागि बसाई व्यवस्थापन नगरपालिका गरिदिएको उनले बताए ।

करिब ४२ करोडको लागतमा बन्ने आधुनिक बसपार्कको डिपिआर भएको धेरै समय भैसकेको छ । अघिल्लो सरकारले पनि उक्त जग्गामा बनेका घरटहरा भत्काउने प्रयास गरेको थियो । तर त्यसबेलाका मेयर सुरेश अधिकारले पटकपटक सुचना जारी गरेपनि घरटहरा भत्काउन असफल भएका थिए । घरटहरा नभत्काउँदा बसपार्कको निर्माण कार्य पटकपटक रोकिन गई करोडौं बजेट फ्रिज हुँदै आएको थियो ।

श्रीनगर बजारमा जनघनत्व र सवारीसाधनको चाप बढ्दै जाँदा पनि बसपार्क नहुँदा अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम बढेको छ । श्रीनगर बजार सल्यान र छिमेकी जिल्ला दाङदेखि रुकुम जाने सडकको बीचमा पर्ने भएकाले दुवैतिर केन्द्रमा पर्छ ।

दिगो विकास लक्ष्यको मुल मर्म भनेको विकासको प्रकृयामा कसैलाई पछि नछाडौं भन्ने हो । बसपार्कको विकास गर्दै गर्दा यहाँ भत्काइएका घरधनीहरुलाई दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने राज्यको दायीत्व हुनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?