मोरक्कोमा ठूलो भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १२२

२०८० भाद्र २५, सोमबार ०८:१२

छ दशक यताकै सबैभन्दा ठूलो भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ । अल हाउस प्रान्तमा सबैभन्दा बढी १ हजार २९३ जनाको मृत्यु भएको छ। भूकम्पमा २०५९ जना घाइते भएका छन् । जसमध्ये १४०४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको हो ।

भूकम्पले ऐतिहासिक सहर माराकेश र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भूकम्पबाट अति प्रभावित दुर्गम क्षेत्रमा उद्धार कार्य जारी छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाईएको छ । सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यसैबीच विश्व स्वास्थ्य संगठनले भूकम्पबाट तीन लाख मानिस प्रभावित हुने अनुमान गरेको छ । मोरक्कोमा ६ दशकयताकै सबैभन्दा भीषण भूकम्पपछि जताततै विनाशका संकेतहरू देखिएका छन् । अस्पताल बाहिर शवको थुप्रो छ । उता, विनाशकारी भुकम्पबाट बाँचेका मानिसहरू भग्नावशेषमा आफ्ना प्रियजनहरूको जीवन खोजिरहेका छन्। मोरक्को सरकारले सेनाको सहयोगमा पीडितहरूलाई खाना र पेय पदार्थ पुर्‍याउने घोषणा गरेको छ। राजा मोहम्मद चतुर्थको निर्देशनमा सेनाले भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न विशेष खोज अभियान चलाइरहेका छन।मोरक्कोको गृह मन्त्रालयले ग्रामीण क्षेत्रका माटोका घरहरू पूर्ण रूपमा ध्वस्त भएको बताएको छ। भग्नावशेषका कारण साँघुरो सडकहरु बन्द भएका छन् । अस्पतालको बाहिरमा करिब १० जनाको शव छरिएको छ र आफन्तहरू अन्तिम संस्कारको लागि पर्खिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?