संचालनको पहिलो तीन महिनामै इन्दिरा आईभीएफ, नेपालको सफलता दर ९५%

२०८१ असार ९, आईतवार १२:३९

काठमाडौं। भारतका करिब १२० भन्दा बढी शाखाहरूको एकमुष्ट ७४% सफलता दरका साथ निसन्तान दम्पतीहरूलाई खुशी दिलाउँदै आएको इन्दिरा आईभिएफ केन्द्रको नेपाल शाखाले भने आफ्नो स्थापनाको पहिलो तीन महिनामै ८५-९५% सम्मको सफलता दर प्राप्त गर्दै सेवाको उत्साहजनक सुरुवात गरेको छ। इन्दिरा आईभिएफ केन्द्र नि:सन्तान दम्पत्तिहरूका लागि आधुनिक प्रविधीहरूद्वारा आफ्नै सन्तानको चाहना पूरा गर्न सघाउँदै आएको भारतको प्रतिष्ठित संस्था हो। भारतमा प्राप्त सफलतालाई विश्वभर फैलाउने हेतुले देशबाहिरको पहिलो केन्द्रको रूपमा गत पुसबाट मात्रै काठमाडौँको पानीपोखरीमा इन्दिरा आईभीएफ, नेपाल सेन्टर संचालनमा आएको हो।

उच्चस्तरीय सेवा, दक्ष र अनुभवी विशेषज्ञ टोलीका साथमा विश्वस्तरीय उपकरण र नविन प्रविधीहरूको प्रयोग गरी संचालनमा आएको केन्द्र आफ्ना गुणस्तर मापदण्डहरूलाई अझै प्रमाणित र विश्वसनीय बनाउने अभिप्रायले नेपाल QAI मान्यताको प्रक्रियामा रहेको छ जसको प्रमाणीकरण एक दुई महिनाभित्रै प्राप्त हुने अपेक्षा गरिएको छ।

केन्द्रमा माइक्रोस्कोपिक प्रविधिको साथ क्लोज्ड वर्किंग च्याम्बरको उपलब्धताले फरक फरक परिस्थितिहरूमा पनि फर्टिलाइजेसन सुविधा रहेको जानकारी केन्द्रकी प्रमुख तथा वरिष्ठ प्रजनन विशेषज्ञ डा. नेहा होमागाईले दिनुभयो।

डा. होमागाईका अनुसार पछिल्लो समय विकराल समस्या बन्दै आएको बाँझोपनका कारणहरुमा पुरुषका हकमा न्युन शुक्रकीट प्यारामिटरहरू रहेको छ। यो समस्या महिलामा हुने जटिलताहरुको तुलनामा एक प्रमुख योगदान कारकको रूपमा रहेको छ। शुक्राणुको गुणस्तरमा ह्रास आउनुका कारण खोतल्दै डा. होमागाई भन्नुहुन्छ, “हानिकारक कारकहरूमा उच्च तापक्रमको बसाई, शरीरमा डिहाइड्रेशनका कारण पानीको मात्र नपुग्नु, टाइट अन्डरगार्मेन्ट लगाउने, तातोपानीले नुहाउने र ल्यापटप काखमा राख्ने बानीहरू छन्। उच्च तापक्रममा काम गर्नुपर्ने कारणले मध्यपूर्वका मुलुकमा काम गर्ने धेरै बिरामीहरूमा प्रायः कम शुक्राणु मापदण्डहरू देखिन आएका छन्।”

बाँझोपन गराउने महिलाका कारकहरू भने केहि भिन्न रहेका छन्। PCOS, तौल बढ्ने, अस्वस्थकर भोजनशैली र आहारसँगै वातावरणीय कारकहरू अनि निष्क्रिय जीवनशैलीले पनि महिलामा बाँझोपन निम्त्याउन सक्ने डा. होमागाई बताउनु हुन्छ। अन्य कारणहरूमा भने जीवनशैली छनोटहरू जस्तै; धूम्रपान, मद्यपान र आफू अवस्थित देशको तापक्रमले पनि महिला र पुरुष दुवैको प्रजननमा समस्या निम्त्याउन सक्छ।

नेपालमा कानुनी रूपमा प्रजनन उमेरको सीमा नभएका कारण इन्दिरा IVF नेपालले ५५ वर्षको उमेरसम्म IVF उपचार गर्न सिफारिस गर्दछ। महिलाहरूमा ३० वर्षको उमेर कटेपछि अण्डाको गुणस्तर घट्दै जाने हुँदा इन्दिरा IVF ले एग फ्रिजिङको पनि वकालत गर्दछ।

हालसालै प्राप्त सफलताको कुरा गर्दा एउटा केसमा बिरामीको शुक्राणुको संख्या कम भए तापनि इन्दिरा IVF ले DFI परीक्षण र TESA प्रक्रियाको संयोजन मार्फत् निषेचन हासिल गर्न सफल भएको छ। केन्द्रमा आउने गरेका ५०% केसहरूमा पहिले IVF असफल भएका बिरामीहरू समावेश छन् भने यो सङ्ख्यामा पनि ८५-९५%को सफलता दर हुनु भनेको निकै ठूलो उपलब्धी रहेको मान्नुहुन्छ डा. होमागाई।

वैज्ञानिक तथ्य र जानकारीको अभाव तथा चेतनाको कमी, अन्धविश्वास र सामाजिक कुरीतिका कारण बाँझोपनका बारेमा नेपाली समाजमा भ्रमहरू व्याप्त छन्। यसले समस्याका कारणहरूको पहिचान गर्न र उपलब्ध प्रविधी र सेवा लिनबाट धेरै दम्पतीहरूलाई रोक्ने गरेको छ। यसकारण यसका बारेमा मिडिया र समाजका विभिन्न तप्काबाट  जनचेतना र शिक्षाको प्रभावकारी फैलावट जरुरी रहेको कुरा डा. होमागाई औँल्याउनु हुन्छ। सहि सूचना र जानकारीको प्रवर्धन र गलत जानकारीहरूलाई वेवास्ता गर्दै इन्दिरा आईभीएफ, नेपाल पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?