महोत्तरी चैत्र ८१/१२/२२- वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) महोतरीको साझेदारीमा संचालित Protection & Community Engagement Sponsorship Program (PCESP) कार्यक्रम अन्तर्गत एकडारा गाउँपालिका र सम्सि गाउँपालिकामा संचालित रुपान्तरणको Peer Leader हरुलाई २ दिने रुपान्तरण समुहको समिक्षा बैठकको आयोजना गरिएको छ ।
साथि शिक्षक (Peer Educator) तथा रुपान्तरण शत्रको सहभागीबिच सिकाई र अनुभव आदान प्रदान गरी आगामि सत्र संचालन गर्न सहज बनाउने उदेश्यले बैठकको आयोजना गरिएको छ । बैठकमा दलित समाज उत्थान समिति नेपालको सचिव अजय पासवानले अध्यक्षता गर्नु भएको थियो भने वल्ड भिजन ईन्टरनेशनल नेपालको Child Protection Coordinator बाला कृष्ण खडकाको आथित्यता रहेको थियो । वल्ड भिजन ईन्टरनेशनल नेपालको Trainee सुष्मा सार्कि र सहजकर्ता विभाव यादवले सहजिकरण गर्नु भएको थियो ।
वल्ड भिजन ईन्टरनेशनल नेपालको Child Protection Coordinator वाला कृष्ण खडकाले रुपान्तरण साथि शिक्षकहरुसँग रुपान्तरण सत्रको उपलब्धि र शत्र संचालन गर्ने क्रममा भईरहेको चुनौतिको विषयमा छलफल गर्नु भएको थियो । सहजकर्ता सार्कि र यादवले खण्ड १३ यौन तथा प्रजनन स्वास्थ्य कक्षामा १३.३ स्यानेटरी प्याडको पुन: प्रयोग र उचित व्यवस्थापन अन्तर्गत क्रियाकलाप १ : घरेलु प्याड बनाउने प्रयोगात्मक अभ्यास गराउनु भएको थियो । जसले गर्दा सहभागिहरुले स्यानेटरी प्याड बनाउने शिप सिकेको छ ।
साथै कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले बैठकको उदेश्य माथि प्रकाशन पार्दै बैठकको दोश्रो दिन सामाजिक परिचालक माधवेन्द्र प्रसाद ठाकुरले खण्ड १३ यौन तथा प्रजनन स्वास्थ्य कक्षा १३.१ प्रजनन स्वास्थ्य अधिकारहरु अन्तर्गत क्रियाकलाप १ : प्रजनन स्वास्थ्य, क्रियाकलाप २: प्रजनन अंग र तिनका कार्यहरु, क्रियाकलाप :३ गर्भधारण प्रक्रिया बारेमा सहजिकरण गर्ने जस्ता बिषयमा छलफल भयो ।
त्यसै गरी सहजकर्ता सुष्मा सार्कि र विभाव यादवले खण्ड १३ यौन तथा प्रजनन स्वास्थ्य कक्षा : १३.२ महिनावारी र महिनावारी चक्र अन्तर्गत क्रियाकलाप १ : महिनावारी भनेको के हो ?
खण्ड १३ यौन तथा प्रजनन स्वास्थ्य कक्षा : १३.२ महिनावारी र महिनावारी चक्र अन्तर्गत क्रियाकलपा २: महिनावारी चक्र, क्रियाकलाप :३ महिनावारी सम्बन्धि धारणा अन्तर्गत क्रियाकलाप :४ महिनावारीको समयमै सरसफाई र व्यवस्थापन बारेमा सहजिकरण गर्ने ।
त्यसै गरी सामाजिक परिचालक श्री सुमन सौरभले खण्ड ४ लैंगिकता र सामाजिक समावेशिकरण कक्षा : ४.१ लैंगिकता अन्तर्गत क्रियाकलाप : १ लिङ र लैगिकता र क्रियाकलाप : २ लिंग र लैंगिकताको अवधारणा बारे दोश्रो दिन सहजिकरण गर्ने कार्ययोजना रहेको कुरा कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले जानकारि दिनु भएको छ ।





