जनमत पार्टी सप्तरी जिल्ला समन्वय समितिको विस्तारित बैठक भोलि आयोजना हुने भएको छ। राजविराजस्थित निर्माण व्यवसायी संघ सप्तरीको सभाहलमा भोलि बिहान ११:०० बजे बैठक बस्ने तय भएको हो।
बैठकमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउत प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
जिल्ला समन्वय समिति सप्तरीले जारी गरेको सूचना अनुसार बैठकमा समन्वय समितिका सम्पूर्ण सदस्य,जिल्लाभित्र रहेका केन्द्रीय कार्यकारी समिति सदस्य,केन्द्रीय सदस्य,राष्ट्रिय परिषद् सदस्य र प्रदेश सदस्यहरूलाई आमन्त्रण गरिएको छ।
यसैगरी,सम्पूर्ण भ्रातृ संगठनका पदाधिकारी तथा पालिकास्तरका सम्पूर्ण सदस्यहरूलाई समेत बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीको संगठन विस्तार,समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिका विषयमा छलफल हुने जनाइएको छ।






