रक्सौलमा १२ सय ५० मेट्रिक टन डीएपी आइपुग्यो, २५ सय मेट्रिक टन थप रेलमार्फत आउँदै

२०८३ श्रावण ६, बुधबार १७:०१

काठमाडौं। धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर सुदृढ बनाइएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक आज रक्सौल आइपुग्ने छ।

यसैबीच, विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल आइपुगेको छ। थप डीएपी मल ट्रकमार्फत विराटनगरतर्फ ल्याइँदै छ। यस्तै, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू हिजो नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्। उक्त मल गन्तव्यमा पुगेसँगै किसानलाई वितरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?