सडकको बीचमा मरेको कुकुर लामो समयसम्म नउठाइँदा दुर्गन्ध र आवतजावतमा समस्या भएको स्थानीयको गुनासो।

२०८३ श्रावण २०, बुधबार १३:०४

सनोज यादव। : पडारी चोकदेखि ढल्केबर जाने सडक खण्डमा, पडारी चोकबाट करिब ३०० मिटर टाढा सडकको बीच भागमै एउटा कुकुर करिब १० दिनदेखि मरेर सडिगलेको अवस्थामा रहेको स्थानीयले बताएका छन्।

उक्त स्थानबाट अत्यधिक दुर्गन्ध फैलिरहेको छ जसका कारण पैदलयात्री मोटरसाइकल चालक तथा अन्य सवारीसाधन प्रयोगकर्तालाई आवतजावत गर्न कठिनाइ भइरहेको छ। स्थानीयका अनुसार हालसम्म सम्बन्धित सरसफाइ कर्मी वा नगरपालिकाको ध्यान यसतर्फ पुगेको देखिएको छैन।

सडकको बीच भागमै मरेको जनावर लामो समयदेखि रहँदा दुर्घटनाको जोखिम समेत बढेको भन्दै स्थानीयले तत्काल कुकुर हटाई आवश्यक सरसफाइ तथा कीटनाशक छर्किने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?