काठमाडौं— यस वर्षको महान् पर्व दशैं तथा तिहारलाई अझ विशेष र उत्साहपूर्ण बनाउन एलजी ले विशेष पर्व लक्षित उपहार योजना “LG को उपहार, मनाऔँ दशैं र तिहार” सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आफ्ना विभिन्न उत्पादनहरूमा आकर्षक नगद छुटको व्यवस्था गरेको छ। जस अनुसार टिभी (३२ इन्च बाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर, र ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्राहकहरूले नगद छुट प्राप्त गर्न सक्नेछन्।
नगद छुटका साथै, कम्पनीले निश्चित उत्पादनहरूको खरिदमा आकर्षक उपहारहरू पनि उपलब्ध गराएको छ:
वासिङ मेसिन: फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टप लोडमा ४ केजी सर्फ एक्सेल, र ट्विन टबमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइनेछ।
रेफ्रिजरेटर: साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन र ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार पाइनेछ।
डिशवासरको खरिदमा २ प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट, र एयर कन्डिसनर को खरिदमा नि:शुल्क जडान सेवा उपलब्ध हुनेछ।
त्यसैगरी, चयनित उत्पादनहरूमा नो-कस्ट ईएमआई सुविधा पनि उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो रोजाइका एलजी उत्पादनहरू सहज किस्ताबन्दीमा खरिद गर्न थप सुविधा प्रदान गर्नेछ।
एलजीका उत्पादनहरूमा प्रविधि, डिजाइन, ऊर्जा दक्षता र टिकाउपनलाई विशेष प्राथमिकता दिइँदै आएको छ। यस पर्व योजनामार्फत ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त उत्पादनसँगै आकर्षक मूल्य तथा उपहारको संयोजन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
CG Electronics, नेपालमा एलजीको आधिकारिक वितरकका रूपमा, देशभर रहेका अधिकृत एलजी ब्रान्डसप तथा बिक्री केन्द्रमार्फत यो पर्व योजना सञ्चालन गर्नेछ। ग्राहकहरूले आफ्ना आवश्यकता र बजेटअनुसार एलजीका विभिन्न उत्पादन छनोट गरी यस पर्वलाई थप विशेष बनाउन सक्नेछन्।
“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजनाले यस वर्षको दशैं तथा तिहारलाई खुशी, सुविधा र आधुनिक प्रविधिसँग जोड्दै घरघरमा उत्सवको माहोल थप्ने अपेक्षा गरिएको छ।
नोट: अफरका नियम तथा सर्तहरू लागू हुनेछन्। नगद छुट तथा उपहारहरू चयनित उत्पादनमा मात्र लागू हुनेछन्।






