मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु, यस्तो छ कार्यसूची

२०८१ पुष २३, मंगलवार १५:०४

जनकपुरधाम,२३ पुष । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुँदैछ । गत भदौ २९ गते बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि आज दिउँसो १ बजेदेखि बस्न लागेको हो ।

प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिने तथा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन पेस गरिने प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?