माघ २२, महोत्तरी। जनकपुर-जलेश्वर सडक खण्डमा टेम्पो पल्टिएर दुर्घटना हुँदा तीनजना यात्री घाइते भएका छन्।
जनकपुर जलेश्वर सडक खण्डको निर्माणधीन बिगही पुलमा चार चक्का गाडीलाई साइड दिन खोज्दा टेम्पो पल्टिएर दुर्घटना हुदा तीनजना यात्री घाइते भएका छन्।
आज मंगलबार जनकपुर जलेश्वर सडक खण्डको निर्माणधीन बिगही पुलबाट करिब २० मिटर तल पानीमा खसेर उक्त गाडी दुर्घटना भएको हो । भने यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।






