रास्वपा महोत्तरी–२ द्वारा दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान, स्थानीय निर्वाचनको तयारीमा जोड

२०८३ आश्विन २६, सोमबार २२:२७

महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरी क्षेत्र नम्बर–२ को आयोजनामा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीको संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी तथा जनतामाझ पार्टीका नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा पुर्‍याउने विषयमा विशेष छलफल गरिएको छ।

कार्यक्रममा रास्वपाका पूर्वमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर–२ का सांसद माननीय डा. दीपक कुमार शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता रास्वपा महोत्तरी–२ का क्षेत्रीय सभापति धीरेन्द्र कुमार यादवले गर्नुभएको थियो।

कार्यक्रममा नगर सभापति, क्षेत्रीय सभापति, उपसभापति, वडा सभापति लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

चाडपर्वको शुभकामना आदानप्रदानसँगै आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने विषयमा छलफल भएको थियो।

पार्टीलाई अझ सशक्त, प्रभावकारी र जनसमर्थनसहित अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र संगठनात्मक एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?