बस लम्कीमा दुर्घटना हुँदा ४ जना घाईते

२०८१ माघ २२, मंगलवार १५:११

माघ २२,डेस्क। काठमाडौंबाट कैलाली आउँदै गरेको बस लम्कीमा दुर्घटना हुँदा ४ जना घाईते भएका छन । आज मंगलबार सु.प.प्र ०४-००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जम्मा ४५ जना यात्रु बोकेको उक्त बस सडक छेउको नालीमा बस आफै पल्टीएर दुर्घटना भएको हो । घाइतेहरूमध्ये तीन जनाको अवस्था सामान्य रहेको छ।

घाइते हुनेमा दार्चुलाकी २२ वर्षीया सपना बोहोराको अवस्था मध्यम छ भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ। घाईते अन्य जनाको अवस्था मध्यम रहेको र बाँकी अरू यात्रु सकुशल रहेको प्रहरीले जनाइएको छ । भने यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?