बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेच्ने पक्राउ

२०८१ माघ ३०, बुधबार १२:१६

वीरगञ्ज,३० माघ । खसीको मासु भनेर बाख्राको मासु बिक्री गरेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका संचालक सोही स्थानका ४१ बर्षका हारुन मियाँ अन्सारी रहेका छन् ।

पक्राउ परेका उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।उनको पसलबाट १५ केजि बाख्राको मासु समेत नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

पक्राउ परेका अन्सारीलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?