४ दिने आधारभुत मनोसामाजिक परामर्श सहयोग तालिम संचालन

२०८२ बैशाख ४, बिहीबार १२:२२

जनकपुर ,वैशाख ०३ -महोत्तरी जिल्लाको जलेश्वरमा वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) महोतरीको साझेदारीमा संचालित (PCESP) कार्यक्रम अन्तर्गत एकडारा गाउँपालिका र सम्सि गाउँपालिकामा संचालित बाल क्लव, रुपान्तरणको Peer Leader, विधालयको शिक्षक, स्वास्थ्यकर्मि, RC Family हरुलाई ४ दिने आधारभुत मनोसामाजिक परामर्श सहयोग तालिमको आयोजना गरिएको थियो ।
मनोसामाजिक अवधारणा बारे प्रष्ट बुझ्ने र समुदायमा मनोसामाजिक समस्या भएको व्यक्तिहरुलाई पहिचान गर्ने, नेपालमा देखिने प्रमुख मानसिक स्वास्थ्य समस्याबारे जानकार हुने, कनर्मजन डिसअडर (CD) बारेमा जानकार हुदै सचेतना फैलाउने, आधारभुत मनोसामाजिक सहयोग गर्ने सिप विकास हुने, स्व हेरचाह महत्व बुझि दैनिक व्यवहारमा उतार्ने, थप मनोसामाजिक सहयोगको लागि स्थानिय तह तथा प्रदेशमा केश रिफर गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।
तालिमको प्रशिक्षक CMC नेपालको प्रशिक्षक दुर्गा प्रसाद भट्टराई र पुजा सेढाईले तालिम मिति यहि बैशाख ३ देखि देखि ६ गते सम्म संचालन हुने आयोजक संस्थाको कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले जानकारी दिनु भयो । उदघाटन शत्र कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, महोतरीको प्रतिनिधि र प्रादेशिक अपस्पताल, महोतरी जलेश्वर अन्तर्गत रहेको OCMC को प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?