४ दिने आधारभुत मनोसामाजिक परामर्श सहयोग तालिम सम्पन्न

२०८२ बैशाख ७, आईतवार १८:१६

जनकपुरधाम२०८२/०१/०७ वैशाख -महोत्तरी जिल्लाको जलेश्वरमा वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) महोतरीको साझेदारीमा ४ दिने आधारभुत मनोसामाजिक परामर्श सहयोग तालिम सम्पन्न भएकोछ । तालिममा एकडारा गाउँपालिकाबाट ११ जना र सम्सी गाउँपालिकाकाबाट १४ जना गरि जम्मा २५ जनाको सहभागीता रहेकोथियो ।

तालिममा दुर्गा प्रसाद भट्टराई र पुजा सेढाईले मनोसमाजिक अवधारणा नेपालमा देखिने प्रमुख मानसिक स्वास्थ समस्यहरु पिडचिन्ता, कन्भर्जन डिसअडर, दिक्दारिपन आत्महत्या, छारे रोग, बिद्यार्थीहरुमा देखिने बिकृती,तनाबलाई ब्यबस्थापन गर्ने तरिकाहरु मनोपरामर्श गर्दा प्रयोग हुने सिपहरु र सोको हेरचाहको बारे लगायत समुदायमा देखा पर्ने तथा हुनसक्ने विभिन्न किसिमका मनोसमाजिक बिषयमा प्रशिक्षण दिनु भएकोथियो ।

तालिममा उदेश्य प्रष्ट पार्दै कार्यक्रम संयोजक उतिम चन्द्र चौधरिले सहभागिहरुले आफ्नो सामुदायमा मानसिक स्वास्थ समस्या भएका ब्यक्तिहरु पहुचान गरि थप सहयोगको लागि सरोकारबाला संग समन्वय गर्ने तथा बिधालयमा देखिने यस्ता समस्याहरुको बारेमा गहन रुपमा नीग्रानी गर्नेछ ।
प्रमुख अतिथि एकडारा गाउँपालिकाको वाड नम्बर २ को वडाध्यक्ष सखीचन्द्र यादवले आफ्नो मन्तब्य राख्दै म अत्यन्तै खुशीका साथ सञ्चालक संस्था तथा टिमलाई धन्यवाद ब्यक्त गर्दै यो संस्थाले हाम्रो पालिकामा रहेक वाडहरुमा विभिन्न किसिमका सुचनामुलक, सचेतनामुलक, सहयोनात्मक, क्रियाकलापहरु सञ्चालन गरेर हामी र हाम्रो समुदायमा निकै राम्रो प्रभाव परेकोछ । त्यस्तै जलेश्वर प्रादेशिक अस्पतालका मेडिकल अधिकृत कृष्ण यादवले यसमा सहभागी भएका साथिहरुले मानसिक रोग लगायत समुदायमा नसर्ने रोगको बरेमा केही हद सम्म ज्ञान आर्जन गर्नुभएका छन यो अति नै लाभदायक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?