काठमाडौँ,१४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मातातीर्थ औँसीका दिन आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताएका छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीमा मनाइने आमाको मुख हेर्ने पर्वका दिन बिहान उनले आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका हुन्।
ओलीले आमालाई पृथ्वीको प्रत्यक्ष स्वरूपको रूपमा चित्रण गर्दै सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ होस् भन्ने कामना गरे। ‘आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्,’ उनले भने।






