कांग्रेस सांसद राई पक्राउबारे प्रहरीले दियो संसदलाई जानकारी

२०८२ बैशाख १४, आईतवार १२:५४

काठ्माण्डौ,१४ बैशाख : सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसदलाई जानकारी दिएको छ ।

आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख गरिएको छ ।

राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले सभामुखलाई जानकारी दिएको छ । सांसद राई शनिबार बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?