प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

२०८२ बैशाख १६, मंगलवार १२:२५
काठमाण्डौ,१६ बैशाख : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।यस्तै, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd





