रौतहट र रौतहटमा हावाहुरी र वर्षाले ४ करोड ४० लाख रुपैयाँ बराबरको काँचो इँटा नोक्सानी भएको छ । वैशाख १४ गतेको साँझको हावाहुरी र वर्षाले पोल्नको लागि तयार पारिएको काँचो ईटा गलेर क्षति भएको हो ।
वर्षभरी बेच्नका लागि तयार भईरहेको इँटा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायीहरू आर्थिक समस्यामा परेका हुन् ।
यहाका बिके ईट्टा उद्योग, बिर ईट्टा उद्योग, पूजा ईट्टा उद्योग, एमबिआई ईट्टा उद्योग, सोना इँटा उद्योग, रामजानकी ईट्टा उद्योग लगायत ४० वटा उद्योगहरूमा हावाहुरी र वर्षाका कारण ईट्टामा क्षति भएको रौतहट ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपिएल ईटा उद्योगका सञ्चालक रामबिनोद साहले बताए ।
विभिन्न स्थानका उद्योगहरूमा करिब ११ लाख भन्दा बढी काँचो इँटा नष्ट भएको उनले जानकारी दिए ।
‘प्रत्येक काँचो इँटाको लागत औसतमा ३ रुपैयाँ भन्दा बढी पर्छ, उनले भनेस यो आकडाले करिब ४ करोड ४० लाख रुपैयाँको क्षति पुगेको अनुमान गरिन्छ ।’
प्रत्येक बर्ष हिउँदे बर्षाका कारण ईट्टामा क्षति पुग्ने गरेको इँटा उद्योगी व्यवसायीहरु बताउँछन् । बेमौसमी बर्षाले यहाका प्रत्येक इँटा उद्योगमा १० देखि ५५ लाख रुपैयाँसम्मको क्षति भएको रौतहट इँटा उद्योग व्यवसायी संघले जनाएको छ ।कृष्णा ईट्टा उद्योगका सञ्चालक प्रेमशंकर यादवका अनुसार १० लाख भन्दा बढी काँचो इँटा गलेर नष्ट भएको छ ।
यो पटकको हावाहुरी र वर्षाले करीब ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उनले गुनासो गरे । इँटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । इँटा उद्योगको बिमा नहुँदा समस्या भएकाले बिमा प्रणालीको व्यवस्था गर्न सम्बन्धित पक्षहरूलाई संघले बारम्बार आग्रह गर्दै आएको छ ।






