०८२ वैशाख २१ _सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा देखिएअनुसार, एक ट्राफिक प्रहरी जवानमाथि केही व्यक्तिहरूले सार्वजनिक स्थानमा हातपात गरेका छन्। भिडिओमा देखिएअनुसार, प्रहरीलाई पछाडिबाट समातेर कुटपिट गरिएको स्पष्ट देखिन्छ।
घटना कहाँको हो भन्ने पुष्टि अझै नभइसकेको भए पनि, भिडिओका दृश्यहरू हेर्दा यो कुनै भीडभाडयुक्त स्थानमा भएको देखिन्छ। यसबारे यथार्थ जानकारी आउन बाँकी छ।
स्थानीय नागरिकहरूबीच घटनापछि हलचल मच्चिएको थियो भने केही व्यक्तिहरूले प्रहरीलाई जोगाउन प्रयास गरेको देखिन्छ।






