अवैधानिक आप्रवासीहरू खोज्ने क्रममा अशान्ति फैलिएपछि राष्ट्रपति ट्रम्पद्वारा लस एन्जलसमा २,००० नेशनल गार्ड परिचालन

२०८२ जेष्ठ २५, आईतवार १३:५४

काठमाडौँ ज्येष्ठ २५ -अवैधानिक आप्रवासीहरू खोज्ने क्रममा अशान्ति फैलिएपछि राष्ट्रपति ट्रम्पद्वारा लस एन्जलसमा २,००० नेशनल गार्ड खटाइयो

आवश्यक कागजातविना बसोबास गरिरहेका आप्रवासीहरूको खोजी गर्न छापा मार्ने क्रममा उत्पन्न तनाव र झडपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा २,००० नेशनल गार्ड तैनाथ गर्ने निर्णय गरेका छन्।

सीमा मामिलाका राष्ट्रपति सल्लाहकार (बोर्डर जार) टम होमनले फक्स न्यूजसँग कुरा गर्दै भने, “हामी लस एन्जलसलाई सुरक्षित बनाउँछौं।”

संघीय संस्था इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) का अधिकारीहरूले ल्याटिन अमेरिकी आप्रवासी बहुल क्षेत्रमा कारबाही थालेपछि शहरमा तनाव चुलिएको हो। शनिबार दोस्रो दिन पनि लस एन्जलस अशान्त रह्यो।

विशेष गरी प्यारामाउन्ट क्षेत्रमा भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रहार र लाठीचार्ज गर्नु परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?