स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

२०८२ जेष्ठ २६, सोमबार १४:२२

काठमाडौं,२६ जेठ। आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५(३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ।

अतिरिक्त समयमा २(२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्टी किक प्रहार गरे। पेनाल्टीमा स्पेनका लागि अल्भारो मोराटाले मौका गुमाएपछि रुबेन नेभेसले स्पटबाट गोल गर्न सफल भए।

डिएगो कोस्टाले अल्भारो मोराटाको पेनाल्टी सुटआउट बचाएपछि डिफेन्डिङ च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल दुई पटकको नेसन्स लिग विजेता बनेको हो।

त्यसअघि स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरेपछि पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डेसले बराबरी दुई गोल फर्काएका थिए।

खेलको अन्त्यमा कप्तान क्रिस्टियानो रोनाल्डोका आँखा खुशीको आँसुले भरिएका थिए। घाइते भएर मैदानबाट बाहिर निस्किएपछि उनी निर्णायक क्षण हेर्न बाध्य भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?