Sharda University

जनकपुरधाममा श्री राम जिम क्लबको उद्घाटन सम्पन्न

२०८२ जेष्ठ २७, मंगलवार ११:१३

जनकपुरधाम, जेठ २७आइतवार — जनकपुरधामस्थित राम युवा क्लबको भवनमा श्री राम जिम क्लबको औपचारिक उद्घाटन गरिएको छ। सो भवनलाई राम युवा क्लबले जिम सञ्चालनको लागि श्री राम जिम क्लबका सञ्चालक अभिषेक झालाई भाडामा दिएको हो।

सञ्चालक झाका अनुसार जिम क्लबमा स्ट्रेन्थ ट्रेनिङ, कार्डियो भास्कुलर व्यायाम, मार्शल आर्ट, कराँटे, डान्स, जुम्बा लगायतका विभिन्न फिटनेस कार्यक्रम सञ्चालन गरिनेछ। उनले भने भागदौडले भरिएको आजको जीवनशैलीमा स्वस्थ शरीरका लागि कम्तीमा एक घन्टा व्यायाम आवश्यक छ।

देशको समृद्धि र उज्ज्वल भविष्यका लागि युवाहरूको सक्रियता जरुरी रहेको उल्लेख गर्दै झाले भने, देशको पहिचान युवा नै हुन्, त्यसैले प्रत्येक युवाले आफूलाई शारीरिक रूपमा फिट राख्नुपर्छ।

उनको प्रमुख उद्देश्य भनेको सबै वर्ग र समुदायका व्यक्तिहरूलाई स्वास्थ्यप्रद जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?