डिभिजन वन कार्यालय रौतहटको प्रमुखमा मन्जुर अहमद

२०८३ भाद्र २९, सोमबार २१:३२

चन्दन रजक चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालय रौतहटको प्रमुखमा मन्जुर अहमदले पदभार ग्रहण गर्नुभएको छ।

डिभिजन वन कार्यालय पर्साबाट सरुवा भएर रौतहट आउनुभएका अहमदले पदभार ग्रहण गर्दै आफू कार्यरत रहँदासम्म वन संरक्षणका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पदभार ग्रहणपछि कार्यालयका कर्मचारीसँग परिचयात्मक तथा अन्तरक्रिया गर्दै प्रमुख अहमदले वन संरक्षणको विषयमा कुनै पनि पक्षसँग सम्झौता नगरी आफ्नो जिम्मेवारी निर्वाह गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।

उहाँले वन संरक्षण,संवर्द्धन तथा वनसँग सम्बन्धित गतिविधिलाई प्रभावकारी बनाउन कर्मचारीहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

यसैबीच,डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरूले नयाँ कार्यालय प्रमुख अहमदलाई स्वागत गरेका छन्। अहमदले यसअघि डिभिजन वन कार्यालय पर्सामा प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?