Sharda University

सिरहाको गोलबजारमा एक युवतीले आफ्ना प्रेमीमाथि छुरा प्रहार गर्दा युवक घाइते

२०८२ असार ५, बिहीबार २२:४४

सिरहा आसार ५ — सिरहाको गोलबजारमा एक युवतीले आफ्ना प्रेमीमाथि छुरा प्रहार गर्दा युवक घाइते भएका छन्।

घटनामा २४ वर्षीय अशोक कुमार महतो घाइते भएका हुन्। उनी गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल नगरपालिका–४ मा डेरा गरी बस्दै आएका थिए।

घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरमा भाडामा लिइएको कोठामा भएको हो। प्रारम्भिक जानकारी अनुसार व्यक्तिगत विवादका कारण छुरा प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ।

घाइते महतोको अहिले भुमिजा अस्पतालमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?