रतौली युवा क्लबको पहलमा जलेश्वर–७ मा बालविवाह अन्त्य अभियान सम्पन्न

२०८३ जेष्ठ २६, मंगलवार २३:५४

जेष्ठ २५,जलेश्वर –  महोत्तरीको जलेश्वर नगरपालिका–७ मा बालविवाह अन्त्य गर्ने उद्देश्यले बृहत् वडा अभियान कार्यक्रम सम्पन्न भएको छ।

रतौली युवा क्लब, जलेश्वर नगरपालिका, दिव्य विकास स्रोत केन्द्र, समाज उत्थान कल्याण केन्द्र तथा People in Needको सहयोग तथा सहकार्यमा आयोजित कार्यक्रम वडा नं. ७ का अध्यक्ष छबिलाल यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

 

कार्यक्रममा वडा सचिव विजय कुमार सिंह, कार्यक्रम संयोजक पुज नारायण साह तथा People in Need की प्रतिनिधि रेणु गुप्ता लगायतको उपस्थिति रहेको थियो।

 

 

 

अभियानका क्रममा बालविवाहका सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी नकारात्मक प्रभावबारे छलफल गरिएको थियो। साथै बालअधिकार संरक्षण, किशोरकिशोरीको शिक्षा तथा सुरक्षित भविष्य सुनिश्चित गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

 

कार्यक्रममा सहभागीहरूले बालविवाह अन्त्यका लागि वडा स्तरबाट प्रभावकारी पहल गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार जलेश्वर नगरपालिका–७ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रम आगामी शुक्रबार आयोजना गरिनेछ।

 

स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको संयुक्त प्रयासबाट बालविवाह नियन्त्रण र बालअधिकार प्रवर्द्धनमा सकारात्मक परिणाम हासिल हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?