डा. जय कान्त राउत द्वारा गढीमाई मन्दिरमा विशेष पूजा-अर्चना

२०८२ असार ९, सोमबार २३:०४

जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतले आज बाराको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा विशेष पूजा-अर्चना गर्नुभएको छ।

धार्मिक आस्थाको केन्द्रको रूपमा चिनिने गढीमाई मन्दिरमा डा. राउतले प्रदेशमा शान्ति, समृद्धि तथा आम जनताको सुख, सुरक्षा र कल्याणको कामना गर्दै पूजा गर्नुभएको हो।

पूजाका क्रममा उहाँले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्दै प्रदेशको विकास र स्थायित्वको लागि निरन्तर प्रयत्न गर्नुपर्ने आवश्यकता पनि व्यक्त गर्नुभएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?