असार १४ -चर्चित भारतीय अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। ‘काटा लगा’ गीतबाट विशेष पहिचान बनाएकी शेफालीलाई जुन २७ राति अचानक हृदयघा’त भएपछि अचेत अवस्थामा अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनलाई मृ’त घोषणा गरेका हुन्।
उनको मृत्युको कारण पुष्टि गर्न प्रहरीले घटनाको अनुसन्धान थालेको छ। फोरेन्सिक टोलीले घरबाट आवश्यक प्रमाण सङ्कलन गरिरहेको छ भने घरका कामदार र भान्सेहरूलाई समेत सोधपुछ भइरहेको छ। परिवारका सदस्यहरूको पनि बयान लिइँदैछ।
अल्पायुमै उनको निधनले भारतीय मनोरञ्जन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उनको सम्झना सदैव जीवित रहनेछ।
हार्दिक श्रद्धाञ्जली। 🕊️🙏






