असार २१ – टेक्सस (एजेन्सी)। अमेरिकाको टेक्सस राज्यमा आएको विनाशकारी बाढीले हालसम्म २४ जनाको ज्यान गएको पुष्टि भएको छ।
बाढीका कारण Camp Mystic नामक समर क्याम्पबाट २३ जना बालिकाहरू बेपत्ता भएका छन् । उनीहरूको हेलिकोप्टरमार्फत खोजी कार्य तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ।
भीषण वर्षा र नदीहरूको सतह एक्कासी बढ्दा सयौं घर, क्याबिन र आरभीहरू पूर्ण रूपमा बाढीले ध्वस्त पारेका छन्। धेरै मानिसहरू घरबारविहीन भएका छन् भने दर्जनौं घाइते भएका छन्।
बेपत्ता बालिकाहरूको सकुशल उद्धारका लागि उद्धार टोली, नेशनल गार्ड र स्थानीय स्वयंसेवकहरू समेत खटिएका छन्। मौसमविद्हरूका अनुसार आगामी दिनमा पनि भारी वर्षा हुने सम्भावना भएकाले अझ सतर्क रहन आह्वान गरिएको छ।
अधिकारीहरूले विस्थापित परिवारहरूका लागि आपतकालीन आश्रय स्थलहरू खोलिएका र राहत वितरण कार्य सुरु गरिएको जानकारी दिएका छन्।






