जनकपुरको सडकमा फोहोरको डंगुर, नियन्त्रणबाहिर सङ्गुरको आतंक

२०८२ श्रावण १८, आईतवार १६:२६

जनकपुर श्रावण १८: ‘सुन्दर जनकपुर, सफा जनकपुर’ भन्ने नारालाई अपेक्षा गर्दै जनकपुरधामको मुख्य सडक किनारमा फोहोरको थुप्रो र सङ्गुरको आतंकले स्थानीयलाई हैरान पारेको छ। तस्बिरमा देखिएअनुसार, सडक किनारमा फोहोर यत्रतत्र छरिएको छ। त्यही फोहोरमा खानेकुरा खोज्न आएका सङ्गुरहरूले वातावरणलाई झनै दुर्गन्धित र असुरक्षित बनाएका छन्।

यो दृश्यले जनकपुरधाम उपमहानगरपालिकाको सरसफाइ व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ। सहरको मुख्य सडकमै यस्तो अवस्था देखिनुले स्थानीय सरकारको उदासीनता प्रस्ट हुन्छ।

सहरभित्र सङ्गुरको समूह पस्दा दुर्घटनाको जोखिम पनि बढेको छ।
स्थानीय प्रशासनले यस विषयमा तत्काल ध्यान दिई सरसफाइको उचित प्रबन्ध गर्न र सङ्गुरको आतंक नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने माग उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?