धनुषा, भाद्र १ :मिथिला विहारी–३ जनमुक्ति चौकमा नेकपा (माओवादी केन्द्र) नगर समितिको आयोजनामा स्मृतिसभा तथा रक्तदान कार्यक्रम भएको हो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
मधेश रक्त संचार सेवा मुजेलियाको प्राविधिक सहयोगमा माओवादी केन्द्रका नेताकार्यकर्ताले रक्तदान गरेका थिए। रक्तदाताहरूले सहिद मण्डलको सम्झना गर्दै उहाँले देखाएको बाटो अनुसरण गर्दै समाज रूपान्तरणको अभियानलाई निरन्तर अघि बढाउनुपर्ने धारणा राखे। सहिदहरूको सपना पूरा गर्न सबै वर्ग एकताबद्ध हुनुपर्नेमा पनि जोड दिइयो।
कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेतृत्व कार्यकर्ता सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरू र स्थानीयवासीको उपस्थिति रहेको थियो।






