एकै विद्यालयका उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मानित

२०८२ भाद्र ५, बिहीबार १०:२०

जनकपुरधाम,भाद्र ३:मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले मङ्गलबार जनकपुरधाममा आयोजना गरेको एसइई परीक्षा २०८१ मा मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी गरी पाँच जिल्लाका प्रत्येक स्थानीय तहबाट उत्कृष्ट नतिजा ल्याउन सफल छात्र र छात्राहरूलाई साइकल वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।

उहाँले दिनानु दिन शिक्षाको स्तर खस्किदै गएको मधेश प्रदेशको शिक्षाको गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सम्बन्धित सराेकारवाला सबैलाई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले यस वर्ष एसइईमा मधेश प्रदेशको कमजोर रिजल्टका बावजुद उत्कृष्ट रिजल्ट ल्याउन सफल भएका विद्यार्थीलाई अगामी दिनको उज्ज्वल भविश्यको कामनाका साथ प्रत्येक स्थानीय तहबाट उत्कृष्ट नतिजा ल्याएका छात्र र छात्रालाई साइकल वितरण गरिएको थियो।

यस अन्तर्गत कौडेना गाउँपालिका भित्रबाट उत्कृष्ट अंक ल्याई प्रथम छात्रा र छात्र दुवै तर्फ स्थान हासिल गर्न सफल स्कुल श्री देवधारी माध्यमिक विद्यालय वार्ड नं.-१ ले यो पुरस्कार पाएका छन्।
यससँगै, मधेश प्रदेशबाट स्थानीय तहबाट उत्कृष्ट शिक्षकको पुरस्कार पनि सोही विद्यालयका शिक्षकलाई प्रदान गरिएको छ।

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको यस विद्यालयले छोटो समयमै आफ्नो शैक्षिक वातावरणमा उल्लेख्य सुधार गरी उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै सबैले प्रशंसा गरेका छन्।
विद्यालयका प्रधानाध्यापक व्यवस्थापन समिति, शिक्षक र सम्पूर्ण टिमको अथक प्रयास तथा कौडेना गाउँपालिकाको पूर्ण सहयोगका कारण यो सफलता सम्भव भएको बताइएको छ।

मधेस प्रदेश सरकारले सुरु गरेको यो कार्यक्रमले अन्य विद्यालयलाई पनि गुणस्तरीय शिक्षाका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?