बालिका भलिवल प्रतियोगितामा श्री राम नारायण अयोध्या मा.वि. पिपरा टिमले विजय हासिल गरेको छ।

२०८२ कार्तिक २५, मंगलवार २२:३६

महोत्तरी ,कार्तिक २५ : स्तरीय बालिका भलिबल प्रतियोगिता मंगलवार महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित श्री राम नारायण अयोध्या माध्यमिक विद्यालय, पिपराको खेलमैदानमा सम्पन्न भएको छ।

प्रतियोगिताको आयोजना रतौली युवा क्लबले गरेको थियो भने सेभ द चिल्ड्रेनको साझेदारी र पिपरा गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

प्रतियोगितामा श्री राम नारायण अयोध्या मा.वि. पिपरा टिमले उत्कृष्ट प्रदर्शन गर्दै २५ प्वाइन्ट प्राप्त गर्दै विजेता बनेको छ। त्यस्तै, श्री मा.वि. खैरबा टिमले १२ प्वाइन्ट प्राप्त गर्दै उपविजेताको स्थान हासिल गर्‍यो।

प्रतियोगितामा सहभागी विद्यालयहरूमा श्री आदर्श मा.वि. रतौली, श्री मा.वि. सहोडवा, श्री रा.मा.वि. अतरार, श्री मा.वि. खैरबा, श्री ने.रा.ज.मा.वि. एकरहिया, श्री राम नारायण अयोध्या मा.वि. पिपरा समावेश थिए।

स्थानीय स्तरमा बालिकाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस प्रतियोगिताले विद्यालयका छात्राहरूमा आत्मविश्वास र खेलप्रति भावना बढाएको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?