जेनजी अभियन्ता ढुंगानाको कार्यालयमा आक्रमण, महिलामाथि समेत हातपात

२०८२ मंसिर ४, बिहीबार १२:४२

जनकपुरधाम ,मंसिर ४। जेनजी अभियन्ता मिराज ढुंगानाको काठमाडौंस्थित कार्यालयमा बुधबार साँझ अज्ञात समूहले आक्रमण गरेको छ। करिब ६ बजे कार्यालयभित्र प्रवेश गरेको समूहले अभियन्ताहरूलाई लक्षित गर्दै दुर्व्यवहार र हातपात गरेको बताइएको छ।

ढुंगानाले फेसबुकमार्फत घटना सार्वजनिक गर्दै लेखेका छन्, “हामीमाथि कार्यालयमै साँझ ६ बजे आक्रमण भयो, महिला साथीहरूमाथि समेत हातपात भयो। आखिर हामीलाई के गर्नु खोजिएको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?