फेसबुक, ट्विटर, टिकटकमा एउटै शब्द गुञ्जियो—
“भ्रष्टाचारी बिरोध!”
हामी जेन–जी,
स्टाटसबाट सडकमा झर्यौँ,
राष्ट्रिय झण्डा बोकेर,
ह्यासट्यागबाट भष्टाचारी मुक्त अभियान हिँड्यौँ।
तर सडकले उत्तर दियो—
कान बन्द गरियो,
आँखा फुटे, हड्डी भाचिए।
बिद्रोहको ज्वालामुखी उठ्यो—
धुवाँ, चिच्याहट, रुन नसकेका आँखा।
त्यही भिडमा प्रहरी ढले,
हात–हतियार लुटिए।
सिंहदरबार, संसद भवन, जनअदालत जले।
सत्ता आफ्नै छायाँसँग डराएर माग्यो।
आन्दोलनमा फोन स्विच अफ,
नेतृत्व एयरप्लेन मोड।
तर आन्दोलन सफल भयो भने—
असली जेन–जी भनेर मिडियामा चिच्याए,
हिन्दु विरोधी भाषण गरे।
अन्तमा ७२ सहिदको बलिदानीसँग
समानुपातिक संसद पद साटे।
एक–एक सहिदको रगतको हिसाब खोज्दै छन्
गाउँ–सहरबाट फेरि जनता उठ्दै छन्।
“भष्टाचारीलाई जेल!”—नारा उठ्दै छन्।
तर जेन–जीको आन्दोलन अलपत्र पारियो,
सहिदको सपना बिचैमा छाडियो।
भष्टाचारीको नारा लगाएर
आ–आफ्नो संसद बन्ने भविष्य बनाए।
सिंहदरबार, अदालत—
हाम्रा थिएनन्।
सहिदको रगतले बनेको सरकार पुरानै बाटोमा रमायो।
भष्टाचारी र हतियारलाई जेल जानु परेन।
देश बन्धक बन्यो,
युवा धाटिए,
संसद पदमा रमायो।
सहिद बोलिरहेका थिए, रोइरहेका थिए,
रातो अक्षरमा संसद भवनको गेटमा
बलिदानीको साँचो सपना कुर्दै थिए।
भष्टाचारी र हतियारको जेल जाने बाटो,
सचेत युवा हेरेर खडे।






