ठाडीपोखरी मुहारमा बाटो र वाल निर्माण विवाद: सर्वसाधारण प्रयोग गर्ने साइड छाडेर अर्कै ठाउँमा बनाउन खोजिएको आरोप

२०८२ चैत्र ११, बुधबार ००:१५

जनकपुरधाम चैत्र ११ :जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ठाडीपोखरीको मुहारमा वाल (पर्खाल) र सडक निर्माण गर्ने विषयलाई लिएर स्थानीयहरूबीच विवाद उत्पन्न भएको छ।

पोखरीको मुहार संरक्षण तथा बाटो सुरक्षित बनाउन वाल लगाउने योजना रहे पनि स्थानीयहरूले भने जहाँ धेरै मानिसको बसोबास छ र दैनिक आवतजावत हुन्छ, त्यही दक्षिण साइडमा वाल लगाई सडक निर्माण गर्नुपर्ने माग गरेका छन्।

उनीहरूका अनुसार सो क्षेत्रमा धेरै सर्वसाधारण बसोबास गर्ने र त्यही बाटो प्रयोग गर्ने भएकाले दक्षिण साइडबाट बाटो बनेमा धेरै स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।


तर केही व्यक्तिहरू भने बसोबास र खासै आवतजावत नभएको उत्तर साइडमा वाल लगाएर सडक निर्माण गर्नुपर्ने पक्षमा देखिएका छन्। यसै कारण स्थानीयहरूबीच मतभेद बढ्दै गएको छ।


स्थानीय बासिन्दा तथा वडा अध्यक्षसहित अधिकांशले सर्वसाधारणको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताएका छन्। उनीहरूले धेरै मानिसलाई उपयोग हुने साइडमा वाल र सडक निर्माण गर्न स्थानीय तहसँग माग समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?