सभामुख डोलप्रसाद (डीपी) अर्याल र चिनियाँ राजदूत झाङ माओमिङबीच भेट, सहकार्य विस्तारमा जोड

२०८३ बैशाख १५, मंगलवार १९:३३

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।

 

भेटमा नेपाल–चीन सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा गहिरो र पञ्चशीलमा आधारित रहेको उल्लेख गर्दै ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता दोहोर्‍याए।

 

राजदूत माओमिङले नेपाललाई महत्वपूर्ण छिमेकीका रूपमा लिँदै विकास, पूर्वाधार तथा कनेक्टिभिटी क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै संसदीय र आर्थिक सहकार्य विस्तार गर्ने विषयमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?