राजविराज नगरपालिका–११, झल्हीमा सडक ढलान कार्यको शिलान्यास गरिएको छ। जनमत पार्टीका वडा अध्यक्ष प्रत्याशी सचिदानन्द यादवको पहलमा ल्याएको बजेटबाट सडक निर्माणको काम सुरु गरिएको हो।
बिहीवार आयोजित कार्यक्रममा राजविराज नगरपालिका–११ का वडा अध्यक्ष उदित नारायण यादवले सडक ढलान कार्यको शिलान्यास गरे। कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति थियो।
शिलान्यास कार्यक्रममा जनमत पार्टीका वडा अध्यक्ष प्रत्याशी सचिदानन्द यादवले जनताको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै विकास निर्माणलाई प्राथमिकता दिइएको बताए। “झल्ही मात्र होइन, समग्र गाउँमा विकासका लहर ल्याएका छौं,” उनले भने, “स्थानीय आवश्यकता अनुसारका पूर्वाधार निर्माणमा निरन्तर सक्रिय रहन्छु।”

oplus_0
स्थानीय नागरिकहरूले वडा अध्यक्ष यादवप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता विकास निर्माणका काममा निरन्तर साथ दिन आग्रह गरेका छन्।
सडक ढलान कार्य सम्पन्न भएपछि गाउँमा आवागमन सहज हुने,जनजीवनमा सुधार आउने अपेक्षा गरिएको छ स्थानीयवासीले यसलाई विकासको संकेतका रूपमा लिएका छन्।






