वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको नि’धन

२०८३ श्रावण २६, मंगलवार १२:१६

जनकपुरधाम — वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको सोमबार राति निधन भएको छ। प्राप्त जानकारीअनुसार जनकपुर–१०, देवीचोकस्थित निवासमा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

उपचारकै क्रममा राति १२:४५ बजे उनको निधन भएको जनाइएको छ। हाल उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि निवासमै राखिएको छ।

नेपाली साहित्य क्षेत्रमा डा. बिमलले पुर्‍याएको योगदान महत्वपूर्ण मानिन्छ। साहित्यिक तथा बौद्धिक क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको साहित्यिक वृत्तले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?