धनुषामा मिटरब्याज पीडित महिलाद्वारा अदालत अगाडि आत्मदाहको प्रयास

२०८३ श्रावण २७, बुधबार १४:०८

धनुषा। धनुषामा एक मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ५० वर्षीया फूलकुमारी रजकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी हुन्। उनले शरीरमा पेट्रोल छर्किनासाथ परिसरमा तैनाथ सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अप्रिय घटना हुनबाट रोकेका थिए।

पीडित फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर स्थानीय साहु गोपाल साहबाट ६ लाख रुपैयाँ ऋण लिएकी थिइन्। पछि ऋणबापतको रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता माग्न जाँदा साहु साहले पटक-पटक भाका सार्दै जग्गा फिर्ता गर्न आलटाल गर्दै आएका थिए।

आफ्नो बन्धकी जग्गा साहु गोपाल साहले बैंकमा राखेर उल्टै ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले प्रहरीमा उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा गत साउन २ गते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूविरुद्ध दर्जनभन्दा बढी मिटरब्याज तथा ठगीका उजुरीहरू परेका छन्।

साहु परिवार पक्राउ परेको दिनदेखि नै सयौँ मिटरब्याज पीडितहरू जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि निरन्तर धर्नामा बस्दै आएका छन्। पक्राउ परेका तीनै जना कुख्यात मिटरब्याजी भएको आरोप लगाउँदै पीडितहरूले सो घटनाको उच्चस्तरीय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत सूक्ष्म अनुसन्धान हुनुपर्ने माग राख्दै आएका छन्।

धनुषामा एक मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?