विराटनगर । फेरिएको सत्ता समीकरणसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार औपचारिक रूपमा आ-आफ्नो राजीनामा बुझाएका छन्।
कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिएका छन्। केन्द्रमा नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कोशीका कांग्रेस मन्त्रीहरूलाई सरकार छाड्न दबाब बढेको थियो।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए।
कांग्रेस बाहिरिएसँगै अब प्रदेश सरकारमा नेकपा सहभागि हुने र नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुनेछ।






