ADVERTISEMENT

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षदेखि कानुनी लडाइँ, २० लाख खर्चिए महेन्द्र चौधरीले!

२०८३ कार्तिक २३, सोमबार १६:१४

जनकपुरधाम :बारा जिल्लाका महेन्द्र चौधरी करिब २ लाख रुपैयाँ मूल्य पर्ने आधा धुर जग्गाको विवादमा विगत ९ वर्षदेखि कानुनी लडाइँ लडिरहेका छन्। यस अवधिमा उनले मुद्दा लड्न २० लाख रुपैयाँ खर्च गरिसकेका छन्।

 

बारा जिल्ला अदालत र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट चौधरीको पक्षमा फैसला भइसकेको छ। तर, प्रतिवादी देवराज साह तेली सर्वोच्च अदालत पुगेपछि विवाद अझै टुंगिएको छैन।

 

तेलीले भने जग्गाको मूल्य बराबरको क्षतिपूर्ति दिन तयार रहेको तर थप क्षतिपूर्ति दिन नसक्ने बताएका

छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?