यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

२०७९ माघ १, आईतवार ०६:१९

१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । ३० भन्दा बढिको शव निकालियो ,ति नीहरुको शव चिन्न नसकिने अवस्थामा रहेको छ । जहाजमा सवार कोही बाचेको आश छैन : प्रमुख जिल्ला अधिकारी बताएका छन । विहान १०:०५ मा काठमान्डौ बाट उडेको जहाज १०: ५० मा दुर्घटना भएको कुरा जानकारी भएको छ ।अरु छानबिन भैइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?