जिल्ला प्रशासन कार्यालयबाट एक बिचौलिया पक्राउ,

२०७९ माघ १०, मंगलवार १६:१५

जनकपुरधाम,(कुमार पंकज)।
धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाका सेवाग्राहीलाई दुःख दिने एक जना विचौलियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले मंगलबार अपरान्ह ४ बजे सिडिओ कार्यालय जनकपुर धनुषाको सेवाग्राहीललाइ नागरिकता, राहदानी (पासपोर्ट) बनाउन रकम असुल्ने एक बिचैलियालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरको कपिलेश्वर बस्ने बर्ष ३९ को दिपक ठाकुरलाई पक्राउ गरेको हो । ठाकुरलाई सेवा ग्राहीसंग रकम पन्ध्र सय रुपैयाँ लिदै गरेको अवस्थामा सिडिओ कार्यालयको अगाडीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?