संसद भवन अगाडि आत्महत्याको प्रयास गर्ने आचार्यको मृत्यु

२०७९ माघ ११, बुधबार ०४:४७

काठमाडौ/(कुमार पंकज)

संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।

आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । उनको शरीरको अधिकांस भाग जलेको थियो । उनले अफुले जति प्रयास गरे पनि सफल हुन सक्नेन र मेरो छोरी टुहुरा हुन न परियो भनेर भावुक स्टट्स समाजिल संञ्जालमा लेखाका छ्न । आचार्य बिगत तीन बर्ष देखि डिप्रेसनमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?