सामाजिक सुरक्षा भत्ता वडा बाटै बितरण : कुमाख गाँउपालिका सल्यान

२०७९ माघ १९, बिहीबार १२:०६

सल्यानको कुमाख गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता आज पालिकाको वडा नम्बर ३ मा वितरण गरिएको छ । सल्यानमै दोस्रो पटक सामाजिक सुरक्षा भत्ता वडा बाट बितरण गर्न सुरु गरेको उक्त पालिकाले आज वडा नं. ३ को गुरदासेमा बीतरण गरेको हो ।


वडा नम्बर ३ मा आजमात्रै ८५ जना लाभग्राहीलाई सामाजिक भत्ता वितरण गरिएको छ । जसमा जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधवा, अति अशक्तm र बाल पोषण भत्ता दलित गरि कुल ८५ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कुमाख गाँउपालिकाले जनाएको छ ।

कुमाख गाँउपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकी, गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, कुमाख गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष केवल राना, जनस्वास्थ्य सेवा निरीक्षक छबीलाल खडका, महीला तथा बालबालीका शाखा प्रमुख देबिका के.सी., पंन्जिीकरण शाखा प्रमुख मेग राज रावत, हिमालय बैँकका कर्मचारी, अन्य जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको उपस्थितीमा आज वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

नेपाल सरकारको नियम अनुसार सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने प्रावधान भएपनि पालिका भित्रका नागरिकहरुले बैंकमा सामाजिक सुरक्षा भत्ता बुझन आउदा विभिन्न कठिनाइहरु भोग्नुपरेका कारण सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरिएको कुमाख गाँउपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र सहज रुपमा वितरण गर्न बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको अध्यक्ष बुढाथोकीले बताउनु भयको छ।

भौगोलीक रुपमा निकै बिकट रहेको वडा नं. ३ को गुरदासेमा यसरी सामाजिक सुरक्षा भत्ता बितरण हुदा स्थानीयहरु निकै खुसी रहेको छन ।
गाँउपालिका अध्यक्ष मान बहादुर बुढाथोकी आँफै स्थानीय बस्तीहरुमा पुगेर सामाजिक सुरक्ष भत्ता बितरण गर्दा बल्ल स्थानीय सरकार आयको आभाष भयको स्थानीयहरुले बताएकाछन ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?